गण्डकीका सांसद जुग्जालीले च्याते  बजेट पुस्तिका

पाेखरा | असार ९, २०८२

गण्डकीका सांसद जुग्जालीले च्याते  बजेट पुस्तिका

पोखरा:   गण्डकी प्रदेशका सांसद एवम् पूर्व भौतिक मन्त्री रेशमबहादुर जुग्जालीले बजेट पुस्तिका च्यातेका छन् । 


सोमबार भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथि छलफलका क्रममा प्रदेश सभाको रोष्टममा जुग्जालीले मन्त्रालयबाट विनियोजन बजेट समन्यायिक नभएको भन्दै बजेट पुस्तिका च्यातेका हुन् । 


जुग्जालीले भौतिक पूर्वाधार मन्त्री प्रकाश केसीले म्याग्दी जिल्लाको भूगोल नबुझेको आरोपसमेत लगाए ।


 ‘अर्थमन्त्री र भौतिक मन्त्रीलाई एकपटक म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै रुम ताराखोलासम्म मेरै खर्चमा घुमाउँछु सरकारको पनि चाहिएन,’ सांसद जुग्जालीले भने,  म्याग्दीको भुगोल तपाईहरुलाई देखाउनका लागि कस्तो छ भने, तपाईहरुले विनियोजन गरेको साढे तीन करोड नयाँ म्याग्दीमा ’ 


उनले भौतिक पूर्वाधार मन्त्रीलाई अझै बजेट नपुगेकाले आफू र हरि भण्डारीको भागमा परेको बजेट पनि काटेर आफूले लैजान भनेका छन् ।


 

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्